हुन्डाई मोटर कम्पनीको ५७औं वार्षिकोत्सव: नेपालमा ४५ हजारभन्दा बढी ग्राहक र आफ्नै एसेम्ब्ली प्लान्ट


काठमाडौं । विश्वप्रसिद्ध अटोमोबाइल ब्रान्ड हुन्डाई मोटर कम्पनी स्थापनाको ५७ वर्ष पूरा भएको छ । नवीनता, गुणस्तर र ग्राहक–केन्द्रित डिजाइनमार्फत मोबिलिटीको भविष्य निर्माण गर्दै आएको हुन्डाईले विशेष कार्यक्रमका साथ आफ्नो ५७औं वार्षिकोत्सव मनाएको हो ।

सन् १९६७ मा स्थापना भएको हुन्डाईले हाल विश्वका २०० भन्दा बढी देशहरूमा आफ्नो सेवा विस्तार गरिसकेको छ । ‘प्रोग्रेस फर ह्युम्यानिटी’ (मानवताका लागि प्रगति) भन्ने विश्वव्यापी दृष्टिकोणबाट निर्देशित यस कम्पनीले सुरक्षित, स्मार्ट र दिगो मोबिलिटी समाधानहरू उपलब्ध गराउँदै आएको छ ।

नेपालमा सन् २००९ फेब्रुअरीदेखि लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको आधिकारिक वितरकका रूपमा कार्य गर्दै आएको छ । विगत १५ वर्षदेखि कम्पनीले नेपालमा हुन्डाईका सवारीसाधनको आयात, बिक्री र बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्दै बलियो पकड जमाएको छ ।

हाल नेपालमा हुन्डाईका ४५,००० भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेको कम्पनीको दाबी छ । ग्राहकहरूसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन कम्पनीले ‘हुन्डाई परिवार’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । यस कार्यक्रमअन्तर्गत हुन्डाईका ग्राहकहरूले विभिन्न अग्रणी ब्रान्डहरूसँगको सहकार्यमार्फत विशेष लाभ, प्रिमियम अनुभव र अतिरिक्त सुविधाहरू प्राप्त गर्दै आएका छन् ।

नेपालको अटोमोबाइल क्षेत्रको विकासमा अर्को महत्वपूर्ण कदम चाल्दै हुन्डाईले मे २०२४ मा नेपालमै सवारीसाधन एसेम्ब्ली प्लान्टको स्थापना गरेको छ । यस प्लान्टले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुका साथै रोजगारी सिर्जना र देशको आर्थिक इकोसिस्टममा ठूलो योगदान पुर्‍याइरहेको कम्पनीले जनाएको छ ।

५७औं वार्षिकोत्सवको अवसरमा लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्ना दक्ष प्राविधिक टोली र फराकिलो बिक्री नेटवर्कमार्फत आगामी दिनमा अझ परिष्कृत र अत्याधुनिक मोबिलिटी अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । हुन्डाईले भविष्यमा पनि भरपर्दो र वातावरणमैत्री सवारीसाधनहरू ल्याएर नेपाली सडक र ग्राहकहरूको मन जित्ने लक्ष्य राखेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।