नागार्जुनको रायो सागमा भेटियो अत्यधिक विषादी


काठमाडौं । नागार्जुनको एक कृषि फर्मको रायो सागमा अत्यधिक परिमाणमा बिषादीको मात्रा पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्थलगत रुपमा गरेको अनुगमनको क्रममा नागार्जुन ७ स्थित रामकोटको सक्रिय कृषि तथा पशुपन्छी फार्मको रायो सागमा अर्गानोफस्फेट नामको बिषादीको मात्रा अत्यधिक पाइएको हो ।

रायो सागमा ९९.५२ प्रतिशत अर्गानोफस्फेटको मात्रा पाइएको विभागका प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिइन् । विभागको टोलीले सक्रिय कृषि तथा पशुपन्छी फार्मसहित ५ वटा कृषि फर्ममा अनुगमन गरेको थियो ।