सुनको मूल्य १३ सय रुपैयाँले बढ्यो, तोलाकै २ लाख ७० हजार नाघ्यो


काठमाडौं । सुनको मूल्य आइतबार १३ सय रुपैयाँले बढेको छ । शुक्रबारको तुलनामा सुनको मूल्य बढेसँगै कीर्तिमानी मूल्यसँगै प्रतितोला २ लाख ७० हजार नाघेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै धेरै हो ।

सुनको मूल्य २ लाख ७० हजार नाघ्दा चाँदीको मूल्य समेत ४ हजार ८३५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६९ हजार ३०० रुपैयाँ थियो भने चाँदीको ४ हजार ५६५ रुपैयाँ थियो ।

Skip This