तराई–मधेश द्रुतमार्गको लेनडाँडामा नेपालकै अग्लो भूकम्प प्रतिरोधी पुल निर्माण


काठमाडौं । काठमाडौं–तराई–मधेश द्रुतमार्ग अन्तर्गत मकवानपुरको लेनडाँडामा पुल निर्माण कार्य तीव्र रूपमा भइरहेको छ ।

मकवानपुरगढी र बकैया गाउँपालिकामा पर्ने यस स्थानमा २ सय ७० मिटर लामो तथा नेपालकै सबैभन्दा अग्लो भूकम्प प्रतिरोधी पुल निर्माण भइरहेको हो ।

पुल सम्पन्न भएपछि ८१ मिटर उचाइको हुने नेपाली सेनाको लेनडाँडा बेस क्याम्पका कार्यालय प्रमुख सेनानी निरोज गौतमले जानकारी दिए ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको ७१।५ किलोमिटर लामो द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ ।

आयोजनामा ८९ वटा ठूला पुल र ६ वटा सुरुङ निर्माण गर्ने योजना रहेकोमा हाल ३ सुरुङ र ५ पुल सम्पन्न भइसकेका छन् । द्रुतमार्गको समग्र भौतिक प्रगति हाल ३८ प्रतिशत छ ।