सुनको भाउ घट्यो, चाँदीको मूल्य अहिलेसम्मकै धेरै


काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ तोकेको छ । आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको हो । शुक्रबार २ लाख ५८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

आज चाँदीको मूल्यले भने नयाँ रेकर्ड राखेको छ । चाँदीको भाउ प्रतितोला ४ हजार १ सय रुपैयाँ नाघेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला चाँदीको मूल्य १ सय रुपैयाँले बढेसँगै ४ हजार १०५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य ४ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।