दाउन्ने सडक खण्डको निर्माण कार्य तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन


काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शनिबार राति दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन् ।

सडक विस्तारका क्रममा देखिएको ढिलासुस्तीको कारण बुझ्न आफैँ अनुगमनमा पुगेका मन्त्री घिसिङले निर्माणमा प्रयोग हुने मेसिनरी र मजदुर तत्काल थप्न निर्देशन दिए ।

निरीक्षणका क्रममा मन्त्री घिसिङले दुई महिनाभित्र यात्रु तथा सवारी साधन सहज रूपमा सञ्चालन हुन सक्ने गरी सडक तयार गर्नुपर्ने स्पष्ट निर्देशन दिएका छन् ।

दाउन्ने सडक खण्ड लामो समयदेखि निर्माण ढिलाइ हुँदा यात्रुहरू समस्यामा पर्दै आएका छन् ।

Skip This