सुनको मूल्य तोलामा २ हजारले घट्यो, चाँदीको कति पुग्यो?


काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । शुक्रबार चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ५ रुपैयाँमा झरेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँमा किनबेच भएको थियो ।