
काठमाडौं । सालपा विकास बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ।
बैंकले गत मंसिर २९ गतेदेखि पुस २ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७२ हजार ३८८ कित्ता शेयर निष्काशन गरेको थियो ।
सोही सेयर आज बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।
सो निष्काशनमा कुल ६७ हजार ६५५ जनाले ११ लाख ११ हजार ५२० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ६७ हजार ६३७ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत बैंकको आईपीओ बाँडफाँट गरिएको छ । जस अनुसार १७ हजार २३८ आवेदकले १० कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन् ।
यसरी बाँडफाँट गर्दा शेष रहेको ८ कित्ता सेयर, सोही आवेदकहरुमा बाँडफाँट गरिएको छ । यस अनुसार ८ जना आवेदकले थप १ कित्ता शेयर अर्थात कुल ११ कित्ताका दरले बैंकको सेयर प्राप्त गरेका छन् ।








प्रतिक्रिया