निर्धन उत्थान लघुवित्तले १२ प्रतिशत लाभांश दिने


काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सोमध्ये ५ प्रतिशत बोनस सेयर रहेको छ भने ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ ।

पुस २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।