नगद लाभांश वितरण गर्ने नेपाल इन्स्योरेन्सको घोषणा


काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो ।

पुस ३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।