
काठमाडौं । छिमेक लघुवित्तले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ । मंसिर २९ मा बसेको लघुवित्त सञ्चालक समिति बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
३ अर्ब २१ करोड ५३ लाख ४५ हजार ८६८ रुपैयाँको २५ प्रतिशतले हुने ८० करोड ३८ लाख ३६ हजार ४६७ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमध्ये १२.५ प्रतिशत बोन सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी १२.५ प्रतिशत नै नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।








प्रतिक्रिया