
काठमाडौं । विदेशी मुद्रा संचिति बढ्दै जाँदा नेपाल राष्ट्र बैंकसहित विभिन्न बैंक तथा वित्तीय संस्थामा २१ अर्ब ५२ करोड डलर रहेको छ । यो डलर नेपाली रुपैयाँमा ३० खर्ब ५५ अर्ब रुपैयाँ बराबारको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । यस्तो विदेशी मुद्रा संचिति चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिकसम्मा आइपुग्दा १४.१ प्रतिशतले बढेको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको डलर संचिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेकोमा २०८२ कात्तिक मसान्तमा १०.३ प्रतिशतले बढेर २१ अर्ब ५२ करोड डलर पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १२.८ प्रतिशतले भएर २७ खर्ब २४ अर्ब ६६ करोड डलर पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा २५.८ प्रतिशतले बढेर ३ खर्ब ३० अर्ब ८५ करोड कायम भएको छ । २०८२ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।
हाल राष्ट्र बैंकमा भएको डलरको संचितिले २०.८ महिनाको वस्तु आयात धान्न पुग्छ । यो रकमले १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८२ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५०.० प्रतिशत, १४४.९ प्रतिशत र ३७.८ प्रतिशत रहेका छन् ।
२०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए । अन्तर्राष्ट्रिय बजारमा २०८१ कात्तिक मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७३.४५ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८२ कात्तिक मसान्तमा १३.६ प्रतिशतले कमी आई अमेरिकी डलर ६३.४५ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा २०८१ कात्तिक मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर २५ सय ७१.८० रहेकोमा २०८२ कात्तिक मसान्तमा ५८.३ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ४ हजार ७१.१० पुगेको छ ।
२०८२ असार मसान्तको तुलनामा २०८२ कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ३.३ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.० प्रतिशतले अवमूल्यन भएको थियो ।
२०८२ कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १४१.७० रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा उक्त विनिमय दर १३७ रुपैयाँ रहेको थियो ।







प्रतिक्रिया