सर्वसाधरणका लागि पुस ७ गतेदेखि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ खुल्दै

49
Shares

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ यहि पुस ७ गतेदखी सर्वसाधरणको लागि खुल्दैछ ।

कम्पनीले पहिलो चरणमा मंसिर २२ देखि २५ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख १५ हजार ५९० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि खुला गरेको आईपीओ बाँडफाँड पश्चात कम्पनीले अब सर्वसाधारण लगानीकर्ताका आगामी पुस ७ गतेदेखि सेयर निष्काशन गर्न लागेको हो ।

रिलायन्सले नेपाल धितोपत्र बोर्डबाट कुल ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो ।

यसमध्ये १ लाख १५ हजार ५९६ कित्ता वैदेशिक रोगारिमा रहेका नेपालीका लागि, ५७ हजार ७९८ कित्ता सामु्हिक लानी कोषका लागि र ५७ हजार ७९८ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि कट्टा गरी बाँकी ९ लाख २४ हजार ७६८ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो ।

कम्पनीको आईपीओमा प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ। प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ५० कित्ताको ४१ हजार ४० रुपैयाँ हुन आउँछ ।

उक्त आईपीओमा आवेद दिने अन्तीम मिति पुस ११ गतेसम्म रहेको छ । ११ गतेसम्म माग अुसारको आवेदन पुरा नभए पुस २१ गतेसम्म अवधि लम्बिनेछ ।