
काठमाडौं । ईभी पिकअप ब्रान्ड रिडाराले विद्युतीय सवारीलाई अझ सहज र पहुँचयोग्य बनाउन सीमित अवधिका लागि विशेष अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत ग्राहकहरूले ८०% सम्म फाइनान्स सुविधा र एक्सचेन्जमा ३ लाखसम्मको टप-अप लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यसै अवसरमा रिडाराले “ टेस्ट ड्राइभ फिल थ्रिल अल डे” क्याम्पेन पनि सञ्चालन गरिरहेको छ, जहाँ ग्राहकहरूले पूरै दिनको टेस्ट ड्राइभ मार्फत रिडारा ईभी पिकअप को प्रदर्शन, आराम र वास्तविक ड्राइभिङ अनुभव नजिकबाट अनुभूति गर्न सक्नेछन्।
नेपालको विविध भौगोलिक बनावटलाई ध्यानमा राखेर डिजाइन गरिएको रिडारा ईभी पिकअप मा उच्च ग्राउन्ड क्लियरेन्स, फराकिलो इन्टेरियर र अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजी समावेश गरिएको कम्पनीले जनाएको छ ।
रिडाराको २डब्ल्यूडी भेरियन्ट सहर र हाइवे ड्राइभका लागि स्मूथ र किफाइती छ भने ४डब्ल्यूडी भेरियन्ट ले कठिन भू-भाग तथा अफ-रोड यात्रामा थप ट्र्याक्सन र नियन्त्रण सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।
यस अफर अन्तर्गत नगद छुट, १ वर्ष निःशुल्क रोड ट्याक्स, १ वर्ष निःशुल्क बीमा, सजिलो फाइनान्सिङ सुविधा तथा निश्चित एक्सचेन्ज भ्यालुएसन पनि समावेश गरिएको छ।
यो विशेष अफर देशभरका सबै रिडारा शोरूमहरूमा सीमित अवधिका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।







प्रतिक्रिया