
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिगको उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदुरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो ।
सुदुरपश्चिम दोस्रोपल्ट फाइनलमा पराजित भएको हो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी लुम्बिनीका कप्तान रोहित पौडेल घोषित भए । उनले प्रतियोगिताभर २७६ रन प्रहार गरे भने फाइनलमा ह्याट्रिकसहित १० विकेट लिए ।
सर्वोत्कृष्ट खेलाडीले कार पनि जितेका छन् । उनले नेपाली खेलाडीहरुमध्येबाट सर्वाधिक रन प्रहार गर्ने खेलाडीका रुपमा पल्सर मोटरसाइकल पनि जितेका छन् । यसैगरी सर्वाधिक विकेट लिने सन्दीप लामिछाने र सर्वोत्कृष्ट युवा खेलाडी शेर मल्लले पनि पल्सर बाइक पाएका छन् ।
उपाधि जितेको लुम्बिनीले १ करोड १० लाख र एनपिएलको ट्रफी जितेको छ । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाएको छ ।







प्रतिक्रिया