राजपत्रमा छापियो सरकार जेनजीबिचको १० बुँदे सम्झौता

0
Shares

काठमाडौं । गत भदौ २३ र २४ गते भएका ‘जेनजी’ जनआन्दोलनका प्रमुख मागहरू सम्बोधन गर्ने उद्देश्यसहित नेपाल सरकार र आन्दोलनकारी पक्षबिच बुधबार १० बुँदे विस्तृत सम्झौता भएको छ ।

उक्त सम्झौता नेपाल सरकारको निर्णयअनुसार नेपाल राजपत्र मार्फत सर्वसाधारणको जानकारीका लागि मङ्सिर २४ गते प्रकाशित गरिएको हो ।

राजपत्रमा भनिएको छ कि सम्झौतापत्र सरकार र जेनजी जनआन्दोलनका प्रतिनिधिहरूबिच सहमतिको आधारमा तयार पारिएको हो । मुद्रण विभागद्वारा प्रमाणीकरण भएपछि मात्र सम्झौता विधिवत् रूपमा लागू हुने सूचनामा उल्लेख गरिएको छ।