
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा मागभन्दा करिब १७ गुणा बढीको आवेदन परेको छ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि जारी गरिएको आईपीओमा १६.९ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले वैदेशीक रोजगारीमा रहेका नेपालीहरुको लागि २२ मंसिरदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको थियो । बिहिबार आवेदन दिने अन्तिम दिनसम्म मागभन्दा करिब १७ गुणा बढीको आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १ लाख १५ हजार ५९६ कित्ता साधारण सेयर निष्कासनमा ल्याएको थियो । आवेदन दिने अन्तिम दिन बिहीबार बेलुका ५ बजेसम्म ३४ हजार २८७ जना आवेदकले १९ लाख ५२ हजार ४७० कित्ता सेयरको लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । वैदेशिक रोजगारीमा जानेले १ अर्ब ६० करोड २६ लाख रूपैयाँ बराबरको आवेदन दिएका हुन् ।
वैदेशिक रोजगारीमा जानेले हालसम्मकै सर्वाधिक रकमको आवेदन दिएका हुन् ।
बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गरेको कम्पनीले योग्य संस्थागत लगानीकताई सार्वजनिक निष्कासन गर्न छुटयाएको सेयर निष्कासन गरी मूल्य तय गरेपछि सर्वसाधारणको निष्कासन प्रक्रिया २०८१ असारमा सुरु गरेपछि अदालतको आदेशपछि धितोपत्र बोर्ड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापीटललाई पत्र लेख्दै आईपीओ निष्कासन प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।
गत साता बोर्डले पुन आईपीओ निष्कासन प्रक्रिया सुरु गर्न निर्देशन दिएसँगै कम्पनीले पहिलो चरणमा सर्वसाधारणको लागि सेयर निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी एक अर्ब ९० करोडको १० दशमलव १४ प्रतिशतका दरले १९ करोड २६ लाख ६० हजारको बराबरको १९ लाख २६ हजार ६०० कित्ता साधारण सेयर जारी गर्ने धितोपत्र बोर्डबाट स्वीकृत पाएको थियो । जसमध्ये योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत र बााकी रहेको ६० प्रतिशतले हुने ११ लाख ५५ हजार ९६० कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्न धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत गराएको थियो ।
४० प्रतिशतले हुने ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गरी ९१२ रुपैयाँ कटअफ मूल्य तय भएको थियो । बाँकी रहेको ११ लाख ५५ हजार ९६० कित्ता सेयरको १० प्रतिशतले हुने एक लाख १५ हजार ५९६ कित्ता साधारण सेयर आजदेखि वैदेशिक रोजगारीमा रहेका नागरिकलाई बिक्री खुला गरेको हो ।
जसमा मागभन्दा करिब १७ गुणा बढीको आवेदन परेको हो ।







प्रतिक्रिया