डिप्रोक्स लघुवित्तले १५ प्रतिशत लाभांश दिने

63
Shares

काठमाडौं । डिप्रोक्स लघुवित्तले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बिहिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पुँजी १ अर्ब ८६ करोड ८२ लाख ८५ हजार ६९६ रुपैयाँको १५ प्रतिशतले हुने २८ करोड २ लाख ४२ हजार ८५४ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।