रवि र छविको मुद्दामा सुनुवाइ आज, न्यायाधीशद्वय पौडेल र विष्टको इजलाशमा

406
Shares

बुटवल । सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज सुनुवाइ हुँदै छ ।

लामिछाने र जोशीको मुद्दा न्यायाधीश तेजनारायण पौडेल र सागर विष्ट रहेको चार नम्बर इजलाशमा परेको छ ।

सुप्रिम सहकारी संस्थामा भएको रकम ठगी तथा संगठित अपराधको आरोपमा थुनामा रहेका उनीहरूको मुद्दा लगातार सर्दै आइरहेको छ ।

सहकारीमा भएको अपचलनसम्बन्धी आफ्नो हिस्साको बिगो रकम बुझाए पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनीलाई थुनामै राख्ने आदेश दिएपछि लामिछाने पुर्पक्षका लागि जेलमै छन् ।