
विराटनगर । सरकारले हालै जारी गरेको भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानहरुले भन्सार एजेन्टहरुको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तराष्ट्रिय व्यापार सहजीकरणमा समेत नकरात्मक असर पुर्याउने अवस्था सृजना गरेको भन्दै विराटनगर र काँकरभिट्टा भन्सारमा कार्यारत भन्सार एजेन्टहरु आन्दोलनमा उत्रिएका छन्।
उनीहरुले ऐनको विरोध स्वरुप मंगलवार विराटनगर भन्सारमा पेन डाउन गर्दै आयात निर्यात ठप्प पारे । एजेन्टहरुको आन्दोलनलाई उद्योगी व्यवसायीहरुको साझा सस्थाहरुले पनि समर्थन जनाएका छन ।
भन्सार एजेन्ट संघ विराटनगरका अध्यक्ष देवकिनन्दन शर्माले केन्द्रले अर्को सूचना नपठाए सम्म मुलुक भरीका भन्सार कार्यालयमा पेनडाउन कार्यक्रम नियमित रहने छ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति विराटनगरले भन्सार एजेन्ट संघको आन्दोलनलाई समर्थन गरेका छन । परिसंघ कोशी प्रदेश पवन सारडाले उद्योगी व्यवसायी र भन्सार एजेन्टलाई कारबाही गर्ने गरी सरकारले ल्याएको भन्सार ऐनको विरोध संशोधन गर्ने आग्रह गरे ।
सरकारले कर्मचारी तन्त्रलाई थप बलियो बनाउने तथा उद्योगी व्यवसायी र एजेन्टलाई दण्डित गर्ने गरी ल्याएको भन्सार ऐनका विरुद्ध भन्सार एजेन्टले सुरु गरेको आन्दोलनलाई आफ्नो पूर्ण समर्थन रहने उल्लेख गर्दै सारडाले भने सरकारले उद्योगी व्यवसायीसँग बार्गेनिङ गर्न ल्याएको ऐन खारेज वा संशोधन नभएसम्म एजेन्टको आन्दोलनलाई समर्थन जारी रहने छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले पनि भन्सार एजेन्टले फारम भर्दा अन्जानमा गल्ती भएपनि शतप्रतिशत सम्म जरिवाना गर्ने गरी ल्याएको भन्सार ऐनलाई संशोधन गर्नु पर्ने भन्दै एजेन्टहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।







प्रतिक्रिया