चीनका खेलकुद अधिकारीलाई भ्रष्टाचारको अपराधमा मृत्युदण्ड

126
Shares

एजेन्सी । चीनको खेलकुद प्राधिकरण स्टेट जनरल एड्मिनिस्ट्रेशन अफ स्पोर्ट्सका पूर्व निर्देशक गोउ चोङवनलाई घूस लिएको र अख्तियार दुरुपयोग गरेको कसूरमा मृत्युदण्डको सजाय दिइएको छ ।

तर, उनलाई दुई वर्षको राहत अवधि उपलब्ध गराइएको छ । राहत अवधिमा गोउले थप अपराध नगरेमा उनको सजाय घटाएर आजीवन कारावास बनाइनेछ ।

गोउले ३ करोड ३४ लाख डलर बराबरको घूस लिएको र आफ्नो पदीय अख्तियारको दुरुपयोग गरेको आरोप छ ।