
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी लुम्बिनी प्रदेशबााट योग्य भएका ३४० जना अभिकर्ताहरु र विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्वीप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सीईओ क्बलको सदस्यता वितरण तथा सम्मान गरिएको थियो । साथै सो प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम द्धित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।
यसै गरी सो अवसरमा नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका थिए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले सीईओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम गरिँदै आएको र हाल सम्म गण्डकी प्रदेश कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशका अभिकर्ताहरुको सम्मान कार्यक्रम सम्पन्न भईसकेको र सोही क्रममा लुम्बिनी प्रदेशबाट छनौट हुनुभएका अभिकर्ताहरुलाई सम्मान गरिएको बताए ।
उनले बाँकी प्रदेशहरुमा पन पनि सीईओ क्लब सम्मान कार्यक्रमको तयारी भईसकेकोले सो प्रदेशहरुमा पनि अब छिट्टै नै कार्यक्रम सम्पन्न हुने जानकारी गराए । साथै उनले कम्पनीले ल्याएको सीईओ क्लब कार्यक्रममा नेपाल भरबाट १६०० जना जना भन्दा बढि अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको र यस्ता प्रकारका योजनाहरु बाट अभिकर्ताहरुलाई व्यवसायिक बनाउन मद्दत पुग्ने बताए ।
कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले तालिम प्रदान गरेका थिए । तालिमको क्रममा प्रशिक्षक झाले बीमा अभिकर्ता पेशा केवल व्यवसाय संग जोडिएको नभै सेवा भाव संग जोडिएको एक पवित्र पेशा भएको र यस पेशामा जोडिनु हरेक अभिकर्ताका लागि एक अवसर भएको हुँदा यस पेशामा लाग्ने व्यक्तिले सफलता हासिल गर्ने मूख्य आधार नै काम प्रतीको इमान्दारिता र निरन्तरता रहेको बताए ।
समारोहमा सहभागि अभिकर्ताहरुले चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्दा यस पेशामा थप उर्जा मिलेको र आफ्नो मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा अत्यन्तै गर्व महशुस भएको बताएका थिए।







प्रतिक्रिया