धादिङमा सात वटा सवारी साधन एक आपसमा ठोक्कियो : ३५ जना घाइते

623
Shares

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् ।

सात वटा सवारीसाधन आपसमा ठोक्किएर भएको दुर्घटनामा चार वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन् ।

दुर्घटनामा परेका सबैको स्थानीय अस्पताल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

काठमाडौंबाट गजुरी जाँदै गरेको बाप्र ००१ क ००११ नम्बरको स्कुल बस, एनएल ०१ बिए ४६५४ नम्बरको गाडी ९डिब्बा०, ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे ०३ एके ३२३१ नम्बरको बस र काठमाडौं जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, बा १ प ९१७ नम्बरको पर्यटक बस दुर्घटनामा परेको थिए ।

घाइते हुनेमा अधिकांश स्कुल बसमा सवार विद्यार्थी रहेका छन् ।

चितवनको स्कुल बसमा सवार २५ जना, गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा सवार आठ जना, मोटरसाइकलमा सवार एक जना र डिब्बा गाडीमा सवार एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तो छ घाइतेहरुको सूची
गोरखा पालुङटार नपा–४ बस्ने वर्ष ५१ को बिनोद पोकुरेल, गोरखा पालुङटार नपा–३ बस्ने वर्ष ३३ की मिना पनेरुक, गोरखा पालुङटार नपा–१ बस्ने वर्ष ६९ की ईन्द्र कुमारी देवकोटा, काठमाण्डौ पुरानो गुजेश्वरी नगरपालिका–४ बस्ने वर्ष ६५ को सिता गजुरेल, लम्जुङ राईनिस नपा–१ बस्ने वर्ष ४० को अजय घिमिरे, लम्जुङ राईनिस नपा–१ बस्ने निजकै श्रीमती बर्ष ४० की सुर्य घिमिरे, लम्जुङ राईनिस नपा–१ निजकै छोरा वर्ष १५ को कुशल घिमिरे, बाप्र ०६–००१ ग ००११ नं को बस चालक चितवन कालिका नपा–६ बस्ने वर्ष ४२ को उदयबहादुर थापा, चितवन कालिका नपा–६ बस्ने बर्ष १६ को सुवित थिङ साईवावा, चितवन कालिका नपा–६ बस्ने वर्ष १५ की कबिता सिङ, चितवन कालिका नपा–६ बस्ने वर्ष १६ को यमवि श्रेष्ठ, चितवन कालिका न।पा–६ बस्ने वर्ष १५ को रमित परियार, चितवन कालिका नपा–६ बस्ने वर्ष १६ को समिर मगर टाउको र चितवन कालिका नपा–६ वर्ष १५ को ईस्माईल थिङ घाइते भएका छन्।

यस्तै चितवन कालिका नपा–६ बस्ने वर्ष ३२ की कमला लामिछाने, चितवन कालिका नपा–६ बस्ने वर्ष १३ को सचिन गुरुङ, चितवन कालिका नपा–६ वर्ष २३ को शिव लामिछाने, चितवन कालिका नपा–६ बस्ने वर्ष १६ को आस्विन प्रजा, चितवन कालिका नपा–६ बस्ने वर्ष १६ कि राधिका चेपाङ, चितवन कालिका नपा–६ बस्ने वर्ष १६ को मिलन तामाङ, चितवन कालिका नपा– ७ बस्ने वर्ष ७ की कशिस तामाङ, चितवन कालिका नपा–३ बस्ने वर्ष १८ को सन्तोस प्रजा, चितवन कालिका नपा–६ बस्ने वर्ष १५ को बिराज तामाङ, चितवन कालिका न।पा–७ बस्ने बर्ष १२ को जयराम अर्याल, चितवन कालिका न।पा–६ बस्ने वर्ष १७ को निशान गुरुङ, चितवन कालिका नपा–६ बस्ने वर्ष १६ को समिर परियार, चितवन कालिका नपा–३ बस्ने वर्ष १६ को जसमिन श्रेष्ठ, चितवन कालिका नपा–२ बस्ने वर्ष २० कमल गुरा, चितवन कालिका नपा–७ बस्ने वर्ष १६ की रबिना सुनार, चितवन ईच्छाकामना गापा–७ बस्ने वर्ष १८ की प्रतिमा मगर, चितवन ईच्छाकामना गापा–७ बस्ने वर्ष १४ को आयुब बिक, चितवन ईच्छाकामना गापा–७ बस्ने वर्ष १५ की बिमला तामाङ, लु ९५ प ३०७ नं मोटरसाइकल चालक धादिङ थाक्रे गापा–६ महादेववेशि बस्ने वर्ष ५९ को सेख खलि एस, ३४ लु ०१ ध ४६५४ नम्बरको डिब्बा गाडि चालक नाम थर नखुलेको अन्दाजी ३०-३५ वर्षीय (ट्रमा सेन्टरमा उपचाररत) र ग १ ख ८५५१ नम्बरको बस चालक गोरखा पालुङटार नपा–३ बस्ने वर्ष ४४ को राजु कार्की घाइते भएका छन।