उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी सहसचिब डंगोललाई दिइयो

133
Shares

काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) को महानिर्देशकको जिम्मेवारी मुकेश डंगोललाई दिएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन प्रक्रियाको क्रममा नियन्त्रणमा लिएपछि अर्को व्यवस्था नहुञ्जेलसम्मको लागि मन्त्रालयका सहसचिब मुकेश डंगोललाई महानिर्देशकको जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री तथा विभागीय मन्त्रीस्तरीय निर्णयमार्फत डंगोललाई अर्को व्यवस्था नहुन्जेलसम्मको लागि जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।