अख्तियार प्रमुखसहित १० हाइप्रोफाइललाई धम्की: तीनजना पक्राउ

1.8k
Shares

काठमाडौं । अख्तियार प्रमुख आयुक्त प्रेम कुमार राईलगायत १० जना हाइप्रोफाइल व्यक्तिलाई ज्यान मार्ने धम्की दिएको प्रकरणमा ३ जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।

‘प्रकाश पाठक’ नामको फेसबुक आइडीबाट आफूलाई उग्रवादी समूहको अध्यक्ष दाबी गर्ने युवकले भिडियोमार्फत राईसहित १० जनालाई ‘सफाया’ गर्ने चेतावनी दिएका थिए।

ती युवकले लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका हुन् ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले बिहीबार ती १० जनाको निवासस्थान, भ्रमण मार्ग र कार्यक्रमस्थलमा निगरानी बढाउन सर्कुलर गरेको थियो ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरका प्रहरी युनिटहरूलाई सर्कुलर गर्दै धम्की दिएका व्यक्तिहरू सहभागी हुने कार्यक्रमस्थलमा पनि निगरानी गर्न र सूचना संकलन गर्न भनेको थियो ।