दक्षिण अफ्रिकी बलर ताहिर जनकपुरबाट एनपीएल खेल्न नआउने

917
Shares

काठमाडौं । दक्षिण अफ्रिकाका स्पिनर इमरान ताहिर एनपीएलको दोस्रो सिजन खेल्न नआउने भएका छन्।

ताहिरले जनकपुर बोल्ट्सबाट दोस्रो सिजनको एनपीएल खेल्ने गरि सम्झौता गरेका थिए । तर उनले अन्तिम समयमा नेपाल आउने निर्णय रद्द गरेको जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरज खतिवडाले जानकारी दिए ।

प्रतिखेलको ५ लाख रुपैयाँ लिने गरि एनपीएलमा आउने सम्झौता गरेका ताहिरले तीन खेल मात्र खेल्ने भनेपछि सम्झौता रद्द भएको हो ।

पाँच खेल खेलेर १ जित निकालेको जनकपुर अंक तालिकाको पुच्छारमा छ । प्लेअफमा जान उसले अब दुईवटा खेलमा जित्नै पर्ने दबाब छ । तर पनि अन्य टीमको प्रदर्शनको आधारमा उसको आगामी यात्रा तय हुने छ ।

जनकपुर डिफेन्डिङ च्याम्पियन हो ।