
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबारको पहिलो खेलका क्रममा एक चियरलिडर घाइते भएकी छन् । चितवन राइनोजका ब्याट्सम्यान कुशल मल्लले प्रहार गरेको छक्काको बलले लागेर उनी घाइते बनेकी हुन् ।
कुशलले जनकपुरविरूद्धको खेलेको अन्तिम ओभरको तेस्रो र चौथो बलमा लगातार छक्का हानेका हुन् । सोक्रममा चियरलिडरको नाकमा लागेको हो । बलले लागेर नाकबाट रगत बग्न थालेपछि तत्काल स्ट्रेचरमार्फत मैदानबाट बाहिर निकालिएको थियो । उनलाई भेट्न पहिलो इनिङ सकिएपछि मल्ल पनि पुगेका थिए ।
घाइते शर्मिला बिकलाई प्राथमिक उपचारपछि थप उपचारका लागि बयोधा अस्पताल लगिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराइले जानकारी दिए ।







प्रतिक्रिया