४ महिनामा १९ सहकारीविरुद्ध १ अर्ब ९२ करोड ठगी मुद्दा, गण्डकीमा धेरै

161
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को कात्तिकसम्म सहकारीबाट १ अर्ब ९२ करोड ७२ लाख ७ हजार ९६ रुपैयाँ रकम ठगी भएको भन्दै मुद्दा दायर भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय कार्यालयका अनुसार ४ वटा प्रदेश र काठमाडौं उपत्यकामा गरि सो अवधिमा १९ मुद्दा दर्ता भएको छ भने ठगी आरोपमा १९ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार १०८ आरोपी फरार रहेका छन् ।

प्रहरीका अनुसार ४ महिनामा कोशी प्रदेशमा एउटा मुद्दा दर्ता हुँदा कोही पनि पक्राउ पर्न सकेका छैनन् भने १० जना फरार रहेका छन् । प्रहरीका अनुसार उक्त मुद्दामा २० लाख ठगीको जाहेरी परेको छ ।

त्यस्तै मधेश प्रदेशमा सो अवधिमा २ वटा मुद्दा दर्ता हुँदा १ जना पक्राउ परेका छन् भने दुई जना फरार रहेका छन् । ठगी भएको रकम ९ लाख २० हजार १७८ रुपैयाँ रहेको छ ।

त्यस्तै गण्डकी प्रदेशमा ४ वटा मुद्दा दर्ता हुँदा १५ जना पक्राउ र २५ जना फरार छन् । उक्त मुद्दामा १ अर्ब ५७ करोड ५१ लाख १२ हजार ५३६ ठगी भएको छ ।

४ महिनाको अवधिमा लुम्बिनी प्रदेशमा एउटा मुद्दा दर्ता हुँदा एक जना आरोपी पक्राउ परेका छन् उक्त मुद्दामा २८ करोड ७५ लाख ७ हजार ७४० ठगीको उजुरी परेको छ ।

सो अवधिमा काठमाडौं उपत्यकामा सहकारी ठगीमा ११ वटा मुद्दा पर्दा २ जना पक्राउ परेका छन् भने फरार ७१ जना फरार भएका छन् भने ती मुद्दामा ३२ करोड ३ लाख २३ हजार ३७६ रुपैयाँ ठगी भएको उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षको ४ महिनामा सबैभन्दा धेरै गण्डकी प्रदेशमा १ अर्ब ५७ करोड ५१ लाख १२ हजार ५३६ ठगी भएको भन्दै मुद्दा दर्ता हुँदा सबैभन्दा धेरै १५ जना पक्राउ परेका हुन् ।

कुन वर्ष कतिवटा मुद्दा ?

आर्थिक वर्ष २०८१/०८२ मा कोशी प्रदेशमा सहकारी ठगीका १० वटा मुद्दा दर्ता भएको थियो । २ अर्ब ६७ करोड १३ लाख १७ हजार ९७३ रुपैयाँ ठगी भएको भन्दै दायर भएको मुद्दामा १३ जना पक्राउ परेका छन् भने ८५ जना फरार रहेका थिए ।

त्यसैगरी सोही आर्थिक वर्ष मधेस प्रदेशमा ९ करोड ९३ लाख ८७ हजार ९९१ रुपैयाँ बिगोसहितको ५ मुद्दा दर्ता भएको थियो । ती मुद्दामा ३ जना पक्राउ परेका थिए भने २२ जना फरार रहेका थिए ।

बागमती प्रदेशमा २१ करोड ७५ लाख ९४ हजार ९७६ रुपैयाँ बिगोसहितको ६ वटा मुद्दा दर्ता भएको थियो । आरोपी ४४ जना फरार रहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशमा ५४ करोड ६४ लाख ६२ हजार ४७९ सय रुपैयाँ बिगोसहितको ठगीको निवेदन दर्ता भएको थियो । उक्त वर्ष ६ वटा मुद्दा दर्ता, १४ जना पक्राउ र ३३ जना फरार रहेका थिए ।

लुम्बिनी प्रदेशमा ९ करोड ७२ लाख ५१ हजार १९४ रुपैयाँको बिगोसहित मुद्दा दर्ता भएको थियो । कर्णाली प्रदेशमा ४० लाख ५३ हजार २५७ रुपैयाँ बिगोसहितको मुद्दा दर्ता भएको थियो । उक्त प्रदेशमा २ वटा मुद्दा दर्ता भएको थियो र १३ जना फरार रहेका थिए ।

त्यसैगरी, केन्द्रीय अनुसन्धान ब्यूरोमा १२ करोड २ लाख ३४० रुपैयाँसहितको निवेदन दर्ता भएको थियो । सोही वर्ष २ वटा मुद्दा ‍दर्ता,२ जना पक्राउ र १४ जना फरार रहेका थिए । काठमाडौं उपत्यकामा २ अर्ब ५४ करोड ८५ लाख ६७ हजार ८९१ रुपैयाँ बिगोसहितको मुद्दा दर्ता भएको थियो । ५४ वटा मुद्दा दर्ता,१० जना पक्राउ र ३४९ फरार रहेका थिए ।

सोही आर्थिक वर्षमा ८६ मुद्दा दर्ता, ४४ जना पक्राउ र ५९३ जना फरार रहेका थिए भने ६ अर्ब ३० करोड ४८ लाख ३६ हजार १०१ रुपैयाँको मागदाबीसहित निवेदन दर्ता भएको थियो ।

आर्थिक वर्ष २०८०/०८१ मा कोशी प्रदेशमा ६७ करोड ८० लाख ८३ हजार ६८१ रुपैयाँ बिगोसहितको निवेदन दर्ता भएको थियो । सोही वर्ष उक्त प्रदेशमा ९ मुद्दा दर्ता, २० जना पक्राउ र ८३ जना फरार रहेका थिए ।

मधेश प्रदेशमा २५ करोड ४८ लाख ७५ हजार ९२४ रुपैयाँ बिगोसहितको मुद्दा दर्ता भएको थियो भने ११ वटा मुद्दा दर्ता, २५ जना पक्राउ र ४२ जना फरार रहेका थिए ।

त्यसैगरी, बागमती प्रदेशमा ६९ अर्ब ३६ करोड ६४ लाख ८८ हजार २८६ रुपैयाँ बिगोसहितको निवेदन दर्ता भएको थियो । सोही प्रदेशमा ११ वटा मुद्दा दर्ता, २१ जना पक्राउ र ६६ जना फरार रहेका थिए ।

गण्डकी प्रदेशमा ४२ अर्ब ४९ करोड ४७ लाख २० हजार ८५८ रुपैयाँको बिगोसहितको निवेदन दर्ता भएको थियो । उक्त प्रदेशमा १० वटा मुद्दा दर्ता,११३ जना पक्राउ र २५१ जना फरार रहेका थिए ।

त्यस्तै, लुम्बिनी प्रदेशमा १ अर्ब ३२ करोड २७ लाख ५७ हजार २० रुपैयाँ बिगोसहितको निवेदन परेको थियो । उक्त प्रदेशमा ५ वटा मुद्दा दर्ता, १३ जना पक्राउ र ३५ जना फरार रहेका थिए ।

कर्णाली प्रदेशमा १७ लाख २९ हजार ८२९ रुपैयाँ बिगोसहितको निवेदन दर्ता भएको हुँदा १ मुद्दा दर्ता र १ जना पक्राउ परेका थिए । सुदूरपश्चिम प्रदेशमा १ अर्ब ३१ करोड ३८ लाख २० हजार ७१८ रुपैयाँसहिको निवेदन दर्ता भएको थियो ।

यसैगरी, केन्द्रीय अनुसन्धान ब्यूरोमा १ अर्ब २० करोड ७७ लाख ६५ हजार १७१ रुपैयाँसहितको निवेदन दर्ता भएको थियो । ६ वटा मुद्दा दर्ता हुँदा ६८ जना पक्राउ परेको र २७५ जना फरार रहेका थिए ।

काठमाडौं उपत्यकामा ११ अर्ब २९ करोड ८३ लाख ६७ हजार ५५४ रुपैयाँको बिगोसहितको निवेदन परेको थियो भने ३८ मुद्दा दर्ता,१० जना पक्राउ र ५५ जना फरार रहेका थिए ।

आर्थिक वर्ष २०८०/०८१ मा ९८ मुद्दा दर्ता हुँदा २९४ जना पक्राउ परेका छन् भने ८५६ जना फरार र १ खर्ब २७ अर्ब ९३ करोड ८६ लाख ९ हजार ४१ रुपैयाँ सहितको मागदाबी निवेदन दर्ता भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा कोशी प्रदेशमा १ अर्ब ८९ लाख ५८ हजार ३८४ रुपैयाँ बिगोसहितको निवेदन पर्दा १५ वटा मुद्दा दर्ता, ४३ जना पक्राउ र ३८ जना फरार रहेका थिए । मधेस प्रदेशमा १ अर्ब ३८ करोड ६७ लाख ८२ हजार १०८ रुपैयाँ बिगोसहितको निवेदन परेको थियो ।

उक्त प्रदेशमा १४ वटा मुद्दा दर्ता, २५ जना पक्राउ र १०० जना फरार रहेका थिए । बागमती प्रदेशमा ७६ करोड ९० लाख ८६ हजार ३५ रुपैयाँको बिगोसहित निवेदन परेको थियो । उक्त प्रदेशमा ५ वटा मुद्दा दर्ता, १२ जना पक्राउ र २९ जना फरार रहेका थिए । गण्डकी प्रदेशमा ३ अर्ब ४ करोड ९१ लाख ८९ हजार ६०४ रुपैयाँ बिगोसहितको निवेदन पर्दा ५ वटा मुद्दा दर्ता, २५ जना पक्राउ र ३६ जना फरार रहेका थिए ।

त्यसैगरी, लुम्बिनी प्रदेशमा ६ करोड ७१ लाख ७४ हजार २८१ रुपैयाँ बिगोसहितको निवेदन पर्दा ७ मुद्दा दर्ता,२७ पक्राउ र ५३ जना फरार रहेका थिए । कर्णाली प्रदेशमा भने १५ करोड ६१ लाख ६२ हजार २८३ रुपैयाँको बिगोसहित निवेदन दर्ता भएको थियो । सोही प्रदेशमा ३ वटा मुद्दा दर्ता हुँदा ३ जना पक्राउ र १८ जना फरार रहेका थिए । सुदुर पश्चिम प्रदेशमा २५ लाख ४० हजार ५२२ रुपैयाँ बिगोसहितको मुद्दा दर्ता हुँदा १ मुद्दा दर्ता र २ जना पक्राउ परेका थिए ।

यसैगरी काठमाडौं उपत्यकामा ६६ करोड ४२ लाख १६ हजार १३३ रुपैयाँ बिगोसहितको निवेदन परेको थियो । सोही वर्ष उपत्यकामा ३९ वटा मुद्दा हुँदा ५६ जना पक्राउ र २३८ जना फरार रहेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोमा ४ अर्ब ४२ करोड ८६ लाख ९० हजार ९४२ रुपैयाँको बिगोसहित निवेदन दर्ता हुँदा ४ वटा मुद्दा दर्ता, १५ जना पक्राउ र ४१ जना फरार भएका थिए।

सोही वर्ष कुल ९३ मुद्दा दर्ता, २०८ जना पक्राउ,५५३ फरार र ११ अर्ब ५३ करोड २८ लाख २९२ रुपैयाँको बिगोसहित निवेदन परेको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा कोशी प्रदेशमा ३ करोड ७ लाख ४१ हजार ४१९ रुपैयाँ बिगोसहितको निवेदन दर्ता भएको हुँदा ४ वटा मुद्दा दर्ता, ९ जना पक्राउ र ५ जना फरार रहेका थिए । मधेस प्रदेशमा ४७ लाख ८१ हजार २४५ रुपैयाँ बिगोसहित निवेदन दर्ता हुँदा २ पक्राउ परेका थिए र १० जना फरार भएका थिए ।

बागमती प्रदेशमा १७ लाख २० हजार रुपैयाँ बिगोसहितको निवेदन दर्ता भएको हुँदा १ मुद्दा दर्ता भएका र २ जना पक्राउ परेका थिए । गण्डकी प्रदेशमा १ करोड १२ लाख ८८ हजार ५१९ रुपैयाँ बिगोसहितको निवेदन दर्ता भएको हुँदा १ मुद्दा दर्ता हुँदा ४ जना पक्राउ परेका थिए ।

यसैगरी, लुम्बिनी प्रदेशमा ५५ लाख ७७ हजार ८०० रुपैयाँ बिगोसहित निवेदन दर्ता हुँदा १ मुद्दा हुँदा २ जना पक्राउ र १ जना फरार भएका थिए । कर्णाली प्रदेशमा ८ लाख १० हजार १०४ रुपैयाँ बिगोसहितको निवेदन दर्ता हुँदा १ मुद्दा दर्ता भएको र १ जना पक्राउ परेका थिए ।

काठमाडौं उपत्यकामा भने ५१ करोड १८ लाख ५८ हजार ९४ रुपैयाँको बिगोसहित निवेदन दर्ता भएको थियो । सोही वर्ष ११ वटा मुद्दा दर्ता हुँदा १८ जना पक्राउ र ९१ जना फरार रहेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोमा भने ४ अर्ब ४२ करोड ८६ लाख ९० हजार ९४२ रुपैयाँको बिगोसहित निवेदन दर्ता भएको थियो ।

उक्त वर्ष २४ वटा मुद्दा दर्ता, ५० जना पक्राउ,१४९ फरार र ४ अर्ब ९९ करोड ५४ लाख ६८ हजार १९५ रुपैयाँको मागदाबीसहितको निवेदन परेको थियो ।

त्यसैगरी, काठमाडौं प्रहरी परिसरमा आर्थिक वर्ष २०८२/०८३ को कात्तिकसम्म सहकारी ठगीको मुद्दामा १४ करोड ४६ लाख ३५ हजार २० रुपैयाँ बिगोसहितको निवेदन दर्ता हुँदा २ जना विरुद्ध मुद्दा लगाइएको थियो ।