
काठमाडौं । नेपाल प्रहरीले कात्तिकमा २४ करोड ८५ लाख १४ हजार ५६४ रुपैयाँ राजस्व दाखिला गरेको छ ।
नेपाल प्रहरीले जारी गरेको तथ्यांक अनुसार मुलुकभरका विभिन्न ठाउँबाट गरेर कुल २४ करोड ८५ लाख १४ हजार ५६४ रुपैयाँ राजस्व दाखिला गरेको जनाएको हो ।
प्रहरीका अनुसार अदालती फैसलामा ६ करोड ९६ लाख ७१ हजार ४४२ रुपैयाँ राजस्व दाखिला गरेको हो । ट्राफिक प्रहरीले कारबाहीसहित ४ करोड ९७ लाख ४५ हजार ६६१ रुपैयाँ, अवैध सुनचाँदी बरामदबाट ३४ लाख ९७ हजार ९१९ रुपैयाँ दाखिला गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै अवैध मालसामान बरामद १० करोड ८४ लाख ७ हजार ६२५ रुपैयाँ, स्रोत नखुलेको रकम १ करोड ३५ लाख ८४ हजार ३५० रुपैयाँ, अवैध नदीजन्य पदार्थ उत्खननबाट ११ लाख ४० हजार ८३० रुपैयाँ र अवैध काठ बरामदबाट १० लाख ३ हजार ३८७ रुपैयाँ राजस्व दाखिला गरेको हो ।
त्यसैगरी, अवैध पशुपंक्षीबाट १३ लाख ५५ हजार ९५० रुपैयाँ र अवैध मुद्रा बरामद १ लाख ७ हजार ४ सय रुपैयाँ राजस्व दाखिला गरेको प्रहरीले उल्लेख गरेको छ ।







प्रतिक्रिया