औषधी व्यवसायी आन्दोलित, देशैभरका औषधी पसल बन्द गर्दै

1.3k
Shares

काठमाडौं । औषधी व्यवस्था ऐनको दुईवटा उपदफा खारेज गर्न माग गर्दै देशैभरका औषधी व्यवसायी आन्दोलित भएका छन् ।

व्यवसायीले औषधी ऐन २०३५ को दफा ११ को उपदफा ३ र ५ खारेजीको माग गर्दै आज देशैभरका औषधी पसल एक घण्टा बन्द गर्दै छन् । औषधी व्यवसायीलेहरुले आइतबार बिहान ११ बजेदेखि एक देशैभरका औषधी पसल बन्द गर्दै औषधी व्यवस्था विभागमा धर्ना दिँदै छन् ।

देशैभरका सबै आयात, थोक र खुद्रा व्यवसायीहरुले विभागको केन्द्रीय, शाखा तथा सम्बन्धित निकायमा धर्ना दिइरहेको पनि औषधी व्यवसायी संघले जानकारी दिएको छ ।

ऐन २०३५ को दफा ११ ले म्याद सकिनुअघि नवीकरण नगरे शतप्रतिशत जरिवाना लाग्ने र ३१ औँ दिनमा इजाजत पत्र, प्रमाणपत्र स्वतः रद्द हुने प्रावधान राखेको यो प्रावधान अव्यवहारिक भएको भन्दै खारेज गर्न माग गर्दै औषधि व्यवसायीहरुले औषधी व्यवस्था विभाग अगाडि धर्ना दिएका छन् ।