
काठमाडौं । नेपाल वायुसेवा निगमले वैदेशिक रोजगारीका लागि खाडी मुलुक तथा मलेसिया जाने श्रमिक यात्रुहरूलाई लक्ष्य गर्दै विशेष सहुलियतसहित नयाँ भाडादर योजना लागू गरेको छ। निगमले काठमाडौ̃बाट दमाम, दोहा, दुबई र क्वालालम्पुर उडानमा हरेक फ्लाइटका १० सिटमा १० प्रतिशत भाडा छुट दिने निर्णय गरेको हो।
निगमका अनुसार श्रमिक यात्रुको सर्वसुलभतालाई प्राथमिकता दिँदै वैदेशिक रोजगारका गन्तव्यमा यात्रा गर्न सहज बनाउने उद्देश्यले यस्तो योजना ल्याइएको हो। छुटसहितको टिकट पाउन श्रमिकले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयका टिकट काउन्टरबाट सेवा लिन सक्नेछन्।
निगमले उक्त सहुलियतले श्रम गन्तव्यतर्फ यात्रा गर्ने यात्रुहरूलाई सीधा राहत र सहयोग पुग्ने विश्वास व्यक्त गर्दै योजनाबारे थप जानकारीका लागि निगमको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।











प्रतिक्रिया