विमानस्थलबाट सुनका गहनासहित दुई जना पक्राउ

1.7k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको होल्ड ब्यागेज चेकिङ एरियाबाट सुन, चाँदी तथा मोतीको जस्तो देखिने गरगहनाहरू सहित २ जना विदेशी पक्राउ परेका परेका छन् ।

पक्राउ पर्नेहरूमा ३२ वर्षीय सुनिल शंकर र ३१ वर्षीया बिनिता गजमेर रहेका छन् ।

एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै संयुक्त राज्य अमेरिका जान लागेका उनीहरूलाई मंगलबार राति जाँच गर्ने क्रममा सुनिलको लगेजबाट सुन जस्तो देखिने धातुका गरगहना करिब ३१ ग्राम ४०० मिलिग्राम, चाँदी जस्तो देखिने धातुका गरगहना करिब १ किलो ३ सय ४६ ग्राम र मोतीको जस्तो देखिने धातुका गरगहना करिब ५३ ग्रामसहित नियन्त्रणमा लिइएको हो।

बिनिताको लगेजबाट सुन जस्तो देखिने धातुका गरगहना करिब ९१ ग्राम ७ सय ५ मिलिग्राम फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरन पठाइएको छ ।

Skip This