सुनको सिक्री लुटपाट गर्ने व्यक्ति पेस्तोलसहित पक्राउ

756
Shares

काठमाडौं । सुनको सिक्री लुटपाट गर्ने समूहका एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन् । मंगलबार काठमाडौंको तारकेश्वरबाट लमजुङ दोर्दी गाउँपालिकाका ७ का ३९ वर्षीय टाशी गुरुङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसरका अनुसार २ जना स्कुटरबाट आएर गत १ गते ठूलो भर्‍याङबाट बाराकी महिलाले लगाएको डेढ तोला सुनको सिक्री लुटेका थिए । तीमध्ये १ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको कोठामा खानतलासी गर्दा ७.६५ अटो पेस्तोल बरामद गरेको छ ।