
काठमाडौं । अवैध जडिबुटी तथा २० लाख नगदसहित काठमाडौंबाट २ जना पक्राउ परेका छन् ।
सोमबार काठमाडौं महानगरपालिका १६ नयाँबजार एरियाबाट काठमाडौं महानगरपालिका नयाँबजार बस्ने ३६ वर्षीया नबिला वानु र सोही वडामा बसोबास गर्ने ३७ वर्षीय चिनिया नागरिक मा मासुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट यार्सागुम्बा ९ किलो, वन-लसुन, गुच्ची च्याउ जस्ता देखिने वस्तु, तौल गर्ने मेसिन, क्यालकुलेटर र विभिन्न किसिमका मोबाइल ३ थानसहित उनीहरूलाई नियन्त्रणमा लिएको कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए ।
उनीहरूलाई वन ऐन,२०७६ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालयमा बुझाइएको कार्यालयले जानकारी दिएको छ ।








प्रतिक्रिया