एनएमबि बैंकको लाभांश घोषणा


काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सोमध्ये ५ प्रतिशत बोनस सेयर रहेको छ भने ५ प्रतिशत कर प्रयोजनार्थसहित लाभांश रहेको छ ।

मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।