फागुन २१ को निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य: राष्ट्रपति

49
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तुम्रो देशका लागि, जनता र लोकतन्त्रका लागि फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन अपरिहार्य भएको बताएका छन्। उनले यो कुरा पद्मकन्या बहुमुखी क्याम्पसको ७५औँ वार्षिकोत्सव हीरक ‘महोत्सव’ समारोहमा भनेका हुन्।

राष्ट्रपतिले भने- ‘देश अहिले धेरै विषम र कठिन परिस्थितिबाट गुज्रिरहेको छ । तर, संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँदै हामीले फागुन २१ मा निर्वाचन गर्ने मिति तय गरेका हौं।’

सुशासन, विकास र समृद्धिको यात्रालाई नयाँ दिशा दिनेछ उनले विश्वास व्यक्त गरे । साथै उनले सबै नेपालीलाई लोकतन्त्र बचाउन र देशलाई अगाडि लैजान यो निर्वाचनमा सबैले साथ दिन अपिल गर्दै भने- ‘यो निर्वाचन सफल होस् भनेर म तपाईंहरुहरू सबैलाई अपिल गर्दछु।’

राष्ट्रपतिले शैक्षिक क्षेत्रमा पनि आफ्नो दृष्टि राखे । आजको आवश्यकता सिपमूलक शिक्षा हो, जसले व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्नुपर्ने बताउँदै यस्ता क्षेत्रमा लगानी गर्दा देशमै गुणस्तरीय जनशक्ति तयार गर्न सकिने विश्वास व्यक्त गरे ।।

पदमकन्या क्याम्पसजस्तो संस्थाले महिलाहरूलाई उच्च शिक्षा दिन गरेको योगदानलाई उनले उच्च माया दिए। धेरै चर्चित महिला नेताहरू यही क्याम्पसबाट शिक्षा प्राप्त गरेका उल्लेख गर्दै जनशक्ति विकासका दृष्टिले क्याम्पसलाई ‘महिला विश्वविद्यालय’ मा स्तरोन्नति गर्नुपर्ने उनको भनाइ छ।

राष्ट्रपतिले भने- ‘शिक्षा मुलुकको विकासको आधार हो। र पद्मकन्या क्याम्पसले युवतीहरूलाई सशक्त बनाउन ठूलो भूमिका खेलेको छ।’