उपभोक्ता अदालतमा चालु आर्थिक वर्षमा ८ मुद्दा थपियो

42
Shares

काठमाडौं । गत आर्थिक वर्षदेखि सञ्चालनमा आएको उपभोक्ता अदालतमा चालु आर्थिक वर्षमा उपभोक्ता सम्बन्धी ८ वटा नयाँ मुद्दा दर्ता भएका छन् ।

उपभोक्ता अदालतका एक अधिकारीका अनुसार चालु आर्थिक वर्षमा चिकित्सीय लापरवाहीसम्बन्धी ५, घर तथा इण्टेरियरसम्बन्धी १, सवारी साधन गुणस्तरसम्बन्धी १ र सफ्टवेयर सम्बन्धी १ वटा गरी ८ वटा नयाँ मुद्दा दर्ता भएको हो ।

गत् आर्थिक वर्ष २०८१/८२ मा दर्ता भएको कूल १७ वटा मुद्दामध्ये ८ वटा मुद्दाको त्यहि वर्षमा फछर््यौट भएपनि ९ वटा फछ्यौट नहुँदा चालु आर्थिक वर्षमा दायित्व सरेर आएको छ । यसरी दायित्य सरेर आएको र चालु आर्थिक वर्षमा दर्ता भएको ८ वटा गरी कूल १७ वटा मुद्दा अदालतमा बिचाराधिन अवस्थामा छन् ।

यसमध्ये ४ वटा मुद्दाको फर्छ्यौट भएपनि अझै १३ वटा मुद्दा प्रक्रियामा रहेको उपभोक्ता अदालतका ति अधिकारीले जानकारी दिएका छन् ।

गत् आर्थिक वर्षमा चिकित्सीय लापरवाहीसम्बन्धी ६, घर इन्टेरियरसम्बन्धी १, सवारी साधन गुणस्तरसम्बन्धी ४, सुनचाँदीसम्बन्धी १, सफ्टवेयरसम्बन्धी ३, बिद्यालयमा लापरवाहीसम्बन्धी १ र एयरलाइन्समा शारीरिक हानीसम्बन्धी १ गरी १७ वटा मुद्दा दायर भएको थियो ।