
काठमाडौं । एसियन डिष्ट्रिब्यूटर्स प्रालिको व्यापार २४ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा २४ प्रतिशतले बढेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ४१ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२५ मा १ अर्ब ७५ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब २५ करोड रुपैयाँ, सन् २०२२ मा १ अर्ब ४९ करोड रुपैयाँ र सन् २०२१ मा १ अर्ब २१ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् २०११ मा स्थापना भएको कम्पनीले फास्ट मुभिङ कन्जुमर गुड्स आयात गरी व्यापार गर्दै आएको छ । कम्पनीले विशेषगरी निभिया, म्याकभिटिज, ग्लुकोन डी, क्याभीन केर, पेप्सीको, सुगर फ्रि गोल्ड र अन्य ब्रान्डका वस्तु आयात गरी नेपाली बजारमा कारोबार गर्दै आएको छ । कम्पनीको देशभर २ सय वटा वितरक छन् ।
आशिषकुमार अग्रवालको २६ प्रतिशत, कविता संघाईको २१ प्रतिशत, विशाल अग्रवालको ११ प्रतिशत, सञ्चिता अग्रवालको ११ प्रतिशत र शिल्पा अग्रवालको ११ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ११ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ९ करोड रुपैयाँको रेटिङ गराएको हो ।







प्रतिक्रिया