एनपीएल पार्किङ विवादमा त्रिविले भन्योः पैसा लिएर पार्किङ गर्न कसैलाई अनुमति दिएको छैन

0
Shares

फाइल तस्बिर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रंगशालाको जग्गामा सःशुल्क पार्किङ गर्न कसैलाई पनि अनुमति नदिएको जनाएको छ ।

नेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो संस्करण हेर्न आउने दर्शकहरूको सवारीसाधन पार्किङ गर्न विश्वविद्यालयको जग्गामा कुनै पनि संघ-संस्था, व्यक्तिहरूसँग सम्झौता नगरेको सूचनामार्फत जानकारी दिएको छ ।

‘त्रिभुवन विश्वविद्यालयले कीर्तिपुर परिसरभित्र रहेको क्रिकेट रंगशालामा नेपाल क्रिकेट संघद्वारा सञ्चालित क्रिकेट खेल हेर्नको लागि सहभागी दर्शकहरूले प्रयोग गरेका सवारीसाधनहरू रंगशालाको आसपासको विश्वविद्यालयको जग्गामा पार्किङ गरेबापत शूल्क लिएको भन्ने कुरामा गम्भीर ध्यानाकार्षण भएको छ,’ सूचनामा उल्लेख छ ।

एनपीएल खेल जारी रहँदा पार्किङ हुने सवारी साधनसँग विभिन्न संघ संस्थाले महँगो पार्किङ शुल्क उठाइरहेको भन्दै बिरोध भइरहँदा विश्वविद्यालयले यस्तो जनाएको हो ।