
काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
प्रसाईंका छोराले बाबुलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई किन थुनामा राखिएको हो भन्नेबारे स्पष्ट कारण पेस गर्न र उनलाई अदालतसमक्ष उपस्थित गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
प्रसाईंलाई सार्वजनिक शान्ति भंग हुने गरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मंगलबार मध्यराति भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो । उनी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमामा रहेका छन् । प्रसाईंले आन्दोलनको घोषणा गर्दै उग्रअभिव्यक्ति दिँदै आएका थिए ।







प्रतिक्रिया