प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख महाजु पक्राउ

448
Shares

काठमाडौं । प्रभु म्यानेजमेन्टका पूर्वसेयर धनी तथा सहायक लेखा प्रमुख हेम कुमार महाजु पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार ललितपुर महानगरपालिका ३ बाट ५१ वर्षीय महाजुलाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार महाजुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

ठाकुर प्रसाद मानन्धरको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ । उनले सिटिजन्स बैंकको खातामार्फत रेमिट कारोबारको आवरणमा हुण्डीमार्फत हिसाब मिलान गरेको देखिएको प्रहरीको भनाइ छ।

सिटिजन्स बैंकको खातामा पटक-पटक गरेर विभिन्न शंकास्पद व्यक्तिको नामबाट ९ लाख ९९ हजार ५०० रुपैयाँ जम्मा भएको अनुसन्धानमा खुलेको थियो ।