नेपाललाई ग्रेलिस्टबाट निकाल्न अख्तियारले गर्‍यो छलफल

280
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित नियामक तथा अनुसन्धानकारी निकायबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा नेपाललाई एफएटीएफको ग्रेलिस्टबाट चाँडै बाहिर निकाल्नका लागि सरोकारवाला नियामक र अनुसन्धानकारी निकायका बिच सहयोग, समन्वय र सहकार्यलाई थप सुदृढ तुल्याउने सम्बन्धमा छलफल भएको थियो ।

छलफलमा गर्भनर डा. विश्वनाथ पौडेल, मुख्य सचिव एकनारायण अर्याल, अर्थ मन्त्रालयका अधिकारी, विभिन्न सरोकारवाला मन्त्रालयका सचिव, नेपाल प्रहरीलगायतको सहभागिता रहेको आयोगले जनाएको छ ।