विश्व व्यापार सम्बन्धी नेपालको तेस्रो व्यापार नीति समीक्षा सम्पन्न

28
Shares

काठमाडौं । विश्व व्यापार संगठन (डब्लुटीओ) को व्यापार नीति समीक्षा संयन्त्रअन्तर्गत नेपालले तेस्रो पटक आफ्नो व्यापार नीति समीक्षा सम्पन्न गरेको छ ।

समीक्षा प्रक्रिया २०२५ नोभेम्बर १३ र १५ (मंसिर १ र ३ गते) मा स्वीट्जरल्याणडको जेनेभास्थित विश्व व्यापार संगठनको मुख्यालयमा नेपालको तेस्रो व्यापार नीति समीक्षा सम्पन्न भएको थियो । बिश्व व्यापार संगठनको माराकेश सम्झौताको अनुसूची ३ अनुसार नेपालले प्रत्येक ७ वर्षमा व्यापार नीति समीक्षा गर्नुपर्ने व्यवस्था छ ।

नेपाल सरकारको तर्फबाट उद्योग, वाणिज्य तथा आपूतिसचिब डा. प्रकाश श्रेष्ठले समीक्षा कार्यक्रमको नेतृत्व गरेका थिए ।

सचिब श्रेष्ठले समीक्षा सत्रलाई सम्बोधन गर्दै विश्व व्यापार संगठनको प्रावधान र निष्पक्ष बहुपक्षीय व्यापार प्रणालीप्रति नेपाल प्रतिवद्ध रहेको जानकारी गराएका थिए । उनले समीक्षा अवधीमा नेपालले व्यापार तथा लगानीको क्षेत्रमा गरिएको कानूनी सुधार, नीगित तथा संस्थागत सुधारका बिषयमा जानकारी गराएका थिए ।

व्यापार नीतिको तेस्रो समीक्षाको क्रममा विश्व व्यापार संगठनका ४६ सदस्य राष्ट्रहरु सहभागी भएका थिए । समीक्षामा नेपालको लागत न्यूनिकरण, व्यापार विविधीकरण तथा नेपालको विकासशील मुलुकमा स्तरोन्नतीको लागि गरेको प्रयासको सदस्य राष्ट्रहरुले उच्च मूल्याँकन गरेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

समीक्षाको लागि नेपाल सरकारले तयार गरेको प्रतिवेदन र विश्व व्यापार संगठनको सचिवालयले नयार गरेको प्रतिवेदन उपर विश्व व्यापार संगठनका करिब २० सदस्य राष्ट्रहरुबाट नेपाललाई २ सय भन्दा बढी प्रश्नहरु लिखितत रुपमा प्राप्त भएको थियो ।

नेपालले निर्धारित समयभित्र प्राप्त प्रश्नहरुको जवाफ विश्व व्यापार संगठनको सचिवालयमा उपलब्ध गराएको छ ।

सचिब घिमिरेले व्यापार तथा लगानीका क्षेत्रमा नीतिगत, कानूनी तथा प्रक्रियागत सुधार गरी लगानीमैत्री वातावरण निर्माण गरेको उल्लेख गर्दै व्यापार लागत न्युनीकरण, व्यापार विविधिकरण, लगानी आकर्षित गरी स्तरोन्नतिलाई दिगो बनाउने र व्यापार घाटा न्यूनीकरण गर्न नेपालले उल्लेखनीय भूमिका खेलेको जानकारी दिए ।