आईपीओ जारी गर्दै पोखराको फिस्टेल ड्रिम पार्क

714
Shares

काठमाडौं । आयु इन्टरटेनमेन्टले आईपीओ जारी गर्ने भएको छ । फिस्टेल ड्रिम पार्क सञ्चालक आयुले पर्यटकीय नगरी पोखरामा रहेको पार्कको सेयर जारी गर्ने भएको हो ।

कम्पनीका अनुसार जारी पुँजीको २० प्रतिशत आईपीओ जारी हुनेछ । प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरले ३० करोड रुपैयाँबराबरको आईपीओ निष्काशन हुने भएको हो ।

आयु इन्टरटेनमेन्टले ३० लाख कित्ता सेयर निष्काशन गर्न नेपाल लाइफ क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सम्झौतापत्रमा आयु इन्टरटेनमेन्टका अध्यक्ष कदम केसी तथा नेपाल लाइफ क्यपिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरे ।

सारथी ग्रुप सहितको लगानी रहेको उक्त पार्कमा देशकै प्रतिष्ठित उद्यमी तथा पोखराका पर्यटन व्यवसायीहरुको लगानी रहेको छ । करिब ५७ रोपनी जग्गामा फैलिएको उक्त पार्क सबै उमेर समूहका लागि मनोरञ्जन लिने रमणीय पार्क हो । फिस्टेल ड्रिम पार्क वाटर पार्क, वेब पुल तथा साहसिक खेलहरु सहितको आनन्द लिन सकिने नेपालको हालसम्मकै सबैभन्दा ठूलो मनोरञ्जन पार्कको रुपमा परिचित छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, सेयर रजिस्ट्रेसन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो ।