
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले अवैधानिक रूपमा चुक्ता भएको सेयर पुँजी घटाउने भएको छ । बैंकका संस्थापक तथा पूर्वअध्यक्षहरू पशुपति दयाल मिश्र, राजेन्द्र वीर राय लगायतले हकप्रद सेयर किन्न निक्षेपकर्ताको रकम दुरूपयोग गरेकामा यस्तो कदम उठाइएको हो ।
हकप्रद सेयर खरिद गर्दा निक्षेपकर्ताको रकम प्रयोग गरिएकाले रकम चुक्ता नगर्नेको सेयर लगत खारेज गरी चुक्ता पुँजी घटाउन लागिएको हो ।
सेयर खारेजसँगै सेयरधनीको स्वामित्व संरचना पनि उल्लेखनीय रूपमा घट्ने भएको छ । संस्थापक समूहका सेयरधनीका नाममा रहेका २१ लाख ३६ हजार कित्ता सेयर २१ हजार ३६० कित्ता मात्र कायम रहनेछन् । यस्तै १२ हजार ८८४ कित्ता सेयर भएका सेयरधनीको सेयर संख्या घटेर १२६ कित्ता मात्र रहनेछ ।
बैंकले अवैधानिक रूपमा चुक्ता देखाइएको पुँजी हटाइएपछि वास्तविक चुक्ता पुँजीअनुसार पुनः संरचना मिलाइने छ ।








प्रतिक्रिया