कोरियन ब्रान्डको कस्मेटिक्स केम्याक्स नेपालमै उत्पादन हुने, डेढ अर्ब लगानी

1.4k
Shares

काठमाडौं । कोरियाली ब्रान्ड केम्याक्स कस्मेटिक्स अब नेपालमै उत्पादन हुने भएको छ । केम्याक्स हिमालय प्रालिले कोरियन कम्पनी कोरिया केम्याक्स कस्मेटिक्स कम्पनीसँगको सहकार्यमा नेपालमै उत्पादन गर्ने गरी उद्योग निर्माण गर्ने भएको हो ।

कम्पनीले करिब डेढ अर्ब रुपैयाँ लगानीमा केम्याक्स हिमालय प्रालिले बारा जिल्लामा कस्मेटिक्स उद्योग निर्माण गर्ने भएको हो । कम्पनीले १ अर्ब ३७ करोड ८० लाख रुपैयाँ लगानीमा कस्मेटिक्स सामग्री उत्पादन गर्ने उद्देश्यसहित उद्योग निर्माण गर्ने भएको हो ।

कम्पनीले स्किन केयर सामग्री र हेयर केयर सामग्री–कस्मेटिक क्रिम, बडि लोसन, हेयर आयल, एसेनिसयल आयल, कस्मेटिक पाउडर, नेल पोलिस, बाथ सोप, स्साम्पु आदि उत्पादन गर्ने जनाएको छ । कम्पनीले उद्योग निर्माण गर्न ७५:२५ को लगानी अनुपात कायम गरेको छ । कम्पनीले विशेष आर्थिक क्षेत्रमा उद्योग निर्माण गर्ने भएको हो ।

विश्वकरण जैन र इसानकरण जैनको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५० करोड रुपैयाँको रेटिङ गराएको हो ।

कम्पनीको हालसम्ममा २० प्रतिशत आर्थिक प्रगति भइसकेको छ । कम्पनीले कोरियन ब्रान्ड कोरिया केम्याक्स कस्मेटिक्स कम्पनीसँगको सहकार्यमा उद्योग निर्माण गर्ने भएको हो । कम्पनीले विदेशी कम्पनीसँगको सहकार्यबाट गुणस्तर र उतपादन तथा वितरण र ब्रान्डिङमा सहयोग पुग्ने जनाएको छ ।

कम्पनीले केम्याक्स ब्रान्डमा विभिन्न प्रकारका कस्मेटिक्स उत्पादन गर्ने जनाएको छ । कम्पनीको हाल ३३ प्रतिशत इक्विटी शेयर रहेको रेटिङमा उल्लेख छ । कम्पनीले विगत दुई दशकदेखि न्यूलुक ब्रान्डको कस्मेटिक्स सामग्री उत्पादन तथा वितरण गर्दै आएको छ ।

नेपालमा पछिल्लो समय कस्मेटिक्स उद्योग बढ्दो क्रममा छ । कम्पनीकाअनुसार पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा कस्मेटिक्स सामग्रीको आयात ७.८ प्रतिशतले बढ्दै गएको पाइएको छ । त्यसैगरी, गत आवको २० महिनाको अवधिमा कोरियाबाट मात्रै ३.३ प्रतिशत आयात बढेको उल्लेख छ ।

विशेष आर्थिक क्षेत्रमा उद्योग निर्माण गर्ने भएकाले सरकारले उच्च सुविधा दिएको पाइएको छ । सरकारले कस्मेटिक्स उद्योगका लागि पहिलो चार वर्षको शत प्रतिशत आयकर छुट दिएको छ भने त्यसपछि ५० प्रतिशत छुट दिने भएको छ । साथै, सरकारले स्याम्पु आयातमा २० प्रतिशत र अन्य कस्मेटिक्स आयातमा १५ प्रतिशत कर सुरक्षा सुविधा पाइने उल्लेख छ ।

उद्योग आगामी सन् २०२७ बाट सञ्चालनमा ल्याउने तयारी गरेको छ ।