
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पोखरा एजेभन्जर्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै विशाल योगफल तयार गरेको छ ।
त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा विराटनगरले ६ विकेटको क्षतिमा २२० रनको विशाल योगफल तयार पारेको हो । यो एनपीएल इतिहासकै सबैभन्दा ठूलो स्कोर हो ।
पहिलो सिजनको एनपीएलमा विराटनगरले लुम्बिनी लायन्सविरुद्ध १९३ रन बनाएको थियो, जुन एनपीएलको सबैभन्दा ठूलो स्कोर हो । तर मंगलबार विराटनगरले आफ्नै कीर्तिमान तोड्दै उच्च योगफल बनाएको हो ।
टस जितेर फिल्डिङ रोजेको पोखराविरुद्ध विराटनगरका ओपनर लोकेश बम र मार्टिन गुप्टिलले धमाकेदार शुरुआत गर्दै दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गरे।
गुप्टिलले ३५ बलमा ३ चौका र ५ छक्कासहित ६१ रन प्रहार गरे भने लोकेशले ४८ बलमा १ चौका र ७ छक्काको मद्दतमा ७२ रन बनाए । ओपनर जर्ज मुन्से १० रनमै क्याच आउट भएका थिए ।
मध्यक्रममा बसिर अहमदले २३ रन जोडे । अन्तिमतिर शुभम रन्जने विस्फोटक व्याटिङ गर्दा १६ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाए । नारायण जोशी ३ बलमा ११ रनमा अविजित रहे ।
पोखराका मार्ट टेलरले २ विकेट लिए भने आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले समान एक/एक विकेट हात पारे ।










प्रतिक्रिया