
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ ।
१६७ रनको लक्ष्य पछ्याएको चितवनले १९.१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै सिजनको सुखद् सुरुवात गरेको छ ।
चितवनको जीतमा रवि बोपारा नायक बने । उनले ३५ बलमा ५ चौका र ३ छक्कासहित ५२ रनको अर्धशतक प्रहार गर्दै जितको आधार तयार गरे । दीपक बोहरा ४२ रन, सैफ जैब ३८ रन र कुशल मल्लले २० रनको योगदान गरे ।
कर्णालीतर्फ बलिङमा सोमपाल कामीले २ विकेट लिए भने युनिस सिंह ठकुरी, मार्क वाट र युवराज खत्रीले समान एक–एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६६ रनको प्रतिस्पर्धात्मक योगफल बनाएको थियो ।
कर्णालीका ओपनर प्रियांक पन्चालले उत्कृष्ट प्रदर्शन गर्दै ४८ बलमा ७ चौका र ६ छक्कासहित ९० रनको पारी खेलेका थिए । म्याक्स ओ’डाउडले २० रन र मार्क वाटले १६ रन जोडे । अन्त्यतिर पवन सरार्फ २७ तथा नजिबुल्लाह जद्रान ४ रनमा अविजित रहे । चितवनका लागि शोहिल तन्विर, रवि बोपारा र सैफ जैबले समान १–१ विकेट लिए ।








प्रतिक्रिया