
काठमाडौं । जीवन विकास समुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनले थप सामग्री र सेवा विस्तार गर्न ७८ करोड रुपैयाँ ऋण लिने भएको छ ।
कम्पनीले अस्पतालका लागि थप आवश्यक सामग्री र सेवा विस्तार गर्न दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७७ करोड ८८ लाख रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि ५५ करोड ८५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २२ करोड ३ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले गत जुनबाट २ सय शैय्याको सुविधासहित अस्पताल सञ्चालनमा ल्याएको छ ।
कम्पनीले आंशिक रुपमा गत जुनबाट सञ्चालनमा ल्याए पनि अस्पतालमा विभागहरु थप गरी पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी गरेको छ । कम्पनीले पहिलो तीन महिनाको सञ्चालनमा ७० लाख रुपैयाँको कारोबार गरेको छ ।
सन् १९९७ मा जीवन विकास समाज नाममा दर्ता भएको गैरसरकारी संस्था कम्पनीले जीवन विकास पब्लिक हेलथकेयर सेन्टर सञ्चालन गर्दै आएको थियो । उक्त हेल्थकेयर सेन्टर हाल जीवन विकास सामुदायिक अस्पताल र जीवन विकास लघुवित्तीय संस्थामा परिणत गरेको छ ।







प्रतिक्रिया