
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजबाट सुरु हुँदैछ ।
अपराह्न ४ बजे साबिक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच हुने उद्घाटन खेल हुनेछ ।
एनपीएल प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गर्ने छिन् । एनपीएलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ९ हजार बढी टिकट बिक्री गरिसकेको छ।
एनपीएलको सुरक्षार्थ २ हजारभन्दा बढी सुरक्षाकर्मी मैदानमा खटिएका छन् भने प्राइभेट सेक्युरिटीका पनि परिचालिन हुने छन् भने सीसीटीभीबाट पनि मोनिटरिङ हुनेछ ।
एनपीएलको उद्घाटन खेल हेर्न दर्शकहरु त्रिवि मैदान आउने क्रम सुरु भइसकेको छ ।








प्रतिक्रिया